बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

बैतडी- गत आर्थिक वर्ष २०८०÷८१ मा बैतडीका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ । संघ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ खर्च हुन नसकेर गत आथिक फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिनुभयो ।

Ganyapdhura gau

संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालु तर्फ ५ अर्ब ९५ करोड ६७ लाख ७७ हजार ७८८ रुपैयाँ बजेट आएको थियो । उक्त बजेटमध्ये ५ अर्ब ६३ करोड ८९ लाख ४९ हजार ३२४ रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार ६ सय ५ रुपैयाँ बजेट आएको र यो मध्ये ६० करोड ७२ लाख २ हजार १ सय १६ रुपैयाँ खर्च भएको संघीय कार्यालयहरुमा कुल बजेट ६ अर्ब ६७ करोड ७० लाख ४० हजार ३सय ९३ रुपैयाँ प्राप्त भएकोमा ६ अर्ब २४ करोड ६१ लाख ५१ हजार ४४१ रुपैयाँ खर्च भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसरी गत आर्थिक वर्षमा संघीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ फिर्ता भएको लेखापाल भट्टले बताउनुभयो ।

यस्तै प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार ७४३ रुपैयाँ बजेट प्राप्त भएकोमा ६१ करोड २२ हजार ६६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगततर्फ १ अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकोमा १ अर्ब ४९ करोड ४४ लाख ४७ हजार ५८३ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेशका कार्यालयहरुमा गत आर्थिक बर्षमा २ अर्ब ५५ करोड ९ लाख ८६ हजार ७४३ रुपैयाँ बजेट आएकोमा २ अर्ब १ करोड ४४ लाख ७० हजार २४५ रुपैयाँ खर्च भएको छ । प्रदेशका कार्यालयहरुबाट ४४ करोड ६५ लाख १६ हजार ४९७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

Loading...