

बैतडी- महाकाली किनारमा बाख्रा चराउन गएकी किशोरी बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १४ वर्षीया ममता मंगोला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।



बाख्रा चराउन भनि घरबाट नजिकै रहेको महाकाली नदी किनार गएकी ममता बेपत्ता भएकी हुन् । ममता बिहीबारदेखि बेपत्ता भएकी भए पनि घरपरिवारले प्रहरीलाई भने आज बिहान मात्रै खबर गरेको हो ।


बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानका साथ खोजी कार्य भइरहेको छ । बेपत्ता ममताको खोजी कार्यका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।