कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण

कञ्चनपुर- वातावरण संरक्षणमा टेवा पुर्याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षारोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ ।

समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षारोपण गरी हराभरा बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको हो । यही साउन १ गते देखि सञ्चालन भएको कार्यक्रम ७ गते सम्म जारी रहने छ ।

Navadurga sun

वृक्षारोपण कार्यक्रममा सामुदायिक वनका उपभोक्ता, वन संरक्षणकर्मी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, वन कार्यालयका र्मचारी लगायको संलग्नता रहने समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए।उनका अनुसार अभियानका क्रममा जडीबुटी, काष्ठ र गैरकाष्ठ प्रजातीका ३५ हजार बिरुवा रोप्ने लक्ष्य लिइएको छ ।

कार्यक्रम अन्तर्गत साउन १ गते कञ्चन सामुदायिक वनमा गाउँपालिका अध्यक्ष निर्मल राना लगायतको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको छ । साउन २ गते कृष्णपुर नगरपालिकाको उग्रतारा सामुदायिक वन, ३ गते झिलमिला सामुदायिक वन, ४ गते शुक्लाफाँटा नगरपालिकाको भगवती सामुदायिक वन, पाँच गते कृष्णपुरका वीरेन्द्र र दिपेन्द्र स्मृति सामुदायिक वन, ६ गते ग्वासी समैजी सामुदायिक वन र सात गते जनहित महाकाली सामुदायिक वनमा वृक्षरोपण गरी कार्यक्रमको समापन गरिने छ ।

‘वन क्षेत्रलाई हराभरा बनाइ जैविक विविधता संरक्षणमा टेवा पुर्याउनका लागि प्रत्येक वर्ष वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गर्दै आएका छौंँ, अध्यक्ष जोशीले भने, ‘यसबाट जलवायु परिवर्तका असर न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ। नदी तटीय क्षेत्रमा गरिएको वृक्षरोपण कार्यक्रमले भूक्षय भइरहेको जग्गा संरक्षण भएको, पानीका सुक्दै गएका मुहान संरक्षण भएको उनको भनाइ छ।

निरन्तरको वृक्षरोपण कार्यक्रमले सामुदायिक वनका बाँझो जग्गा हराभरा भएका छन्न समन्व समितिका संयोजक शिवराज पन्तले भने,वन क्षेत्रमा देखिन छाडेका बाघ, हात्ती लगायतका जनावर र चराचुरुङ्गी पुनः सामुदायिक वनमा फर्केका छन्, पहिले प्रशस्त रुपमा पाइने हराउँदै गएको विजयसाल पुनः उत्पादनमा टेवा पुगेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...