नेपालसहित ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटायो

काठमाडौं, २० साउन- संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ। कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो।

यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन्। यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ, ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने छन्।’ तर उनीहरूले कोभिड विरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...