कञ्चनपुर- कञ्चनपुरमा अलग–अलग स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति १०ः२२ बजे छाडा गाईसंग ठोक्किदा दुर्घटना भएको थियो ।
मोटरसाईकल गाईसंग ठोक्किएर दुर्घटना हुँदा चालक जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने ३० वर्षीय चाँद पुरैसी गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते भएका पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।