धनगढी- कैलालीको धनगढीमा नगर बस चलाउने तयारी गरेको छ । फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउनका लागि ६ बटा खरिद गरिसेको छ ।
उक्त बस संचालनका लागि धनगढी उपमहानगरपालिकाले बोलपत्र समेत आह्वान गरिसेको छ । नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको हो ।
फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउन उपमहानगरले बोलपत्र आह्वान गरेको हो ।
नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ । वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोलिएको छ ।
बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।