उप-प्रमुख कडायतले जन्मदिनको अबसरमा स्टेसनरी तथा खाद्यान्न सहयोग
जन्मदिनको अवसर पारी फलफुलका बिरुवा रोपियो





अत्तरिया, २० साउन- कैलालीको गोदावरी नगरपालिकाका उप-प्रमुख रत्ना कडायतले आफ्नो जन्मदिनको अबसरमा स्टेसनरी तथा खाद्यान्न सामाग्री सहयोग गरेकी छन् । गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुदूरपश्चिमको एक मात्र सुप समाबेशी आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुका लागि स्टेसनरी सामगीहरु सहयोग गरेकी हुन् ।


कापी किताब, कलम, कटर मेटर, ब्याटम्यान्टन, लुडो, क्यारेमबोर्ड, फुटबल, भलिबल, क्रिकेट ब्याट बल लगायतका गरी १८ हजार बराबरको शैक्षिक तथा स्टेसरनरी सामाग्रीहरु र नगद २ हजार बिद्यालयकी प्रध्यानाध्यापक देवी साउँदलाई सामाग्रीहरु सहयोग गरेकी हुन् ।


त्यस्तै गोदावरी नगरपालिकाको वडा नं २ मा रहेका आर्थिक रुपमा बिपन्न राम भट्टको परिवारलाई उप-प्रमुख कडायतले खाद्यान्न सहयोग गरेकी हुन् । थोरै भएपनि राहत होस भनेर भट्टको परिवारलाई एक कठ्ठा चामल, दाल, नुन, तेल सहित नगद १ हजार रुपैया समेत सहयोग गरेकी हुन् । सहयोग हस्तान्तरण पछि छोटो प्रतिकृया दिदै उनले जन्मदिनमा फजुर्ज खर्च गनुभन्दा आफुले प्रत्येक बर्षमा यसरी नै आर्थिक रुपमा बिपन्न गरिब, दुखी परिवार र अत्तरिया क्षेत्रमा रहेका अनाथ, असहाय, अपाङ्गता भएका बालबालिकाहरुको संरक्षण गर्दै आएका संघ संस्थाहरुलाई थोरै भएपनि सहयोग गरेर जन्मदिन मनाउदै आएको बताइन् ।
अशक्त र पिडा रहेका विपन्न गरिब परिवार र अनाथ, असहाय, अपाङ्गगता भएका बालबालिकाहरुलाई रेखदेख गर्दै पालनपोषण गरिरहेकाहरुलाई थोरै भएपनि केही दिनका लागि राहत हुन्छ भन्ने उद्देश्यका साथ आफुले पनि जन्मदिनमा सानो सहयोग गरेको बताइन् । उनले सबैले आफ्नो जन्मदिनमा अनाअवश्यक रुपमा फजुर्ल खर्च गर्नुभन्दा थोरै भएपनि यस्ता ब्यक्ति र संघसंस्थाहरुलाई सहयोग गर्दा धेरै राहात हुने हुँदा सबैलाई सहयोग गर्न अपिल समेत गरेकी छन् ।

गोदावरी नगरपालिकाकी न्यायिक समितिकी संयोजक समेत रहेकी उप-प्रमुख कडायतले सुप समावेशी बिद्यालयलाई सुदूरपश्चिमकै मात्र नभएर पुरै देशको नमुना बिद्यालय भएकोले उक्त विद्यालयलाई माथि उठाउन सबैले आ-आफ्नो तर्पmबाट लाग्नुपर्ने बताइन् । उनले यसका लागि आफुले ब्यक्तिगत रुपमा र नगरपालिकाका तर्फवाट पनि सहयोग गर्दै आएको बताइन् । उनले आफ्नो जन्मदिनलाई अझै बिषेश बनाइदिने बिद्यालय परिवारलाई धन्यवाद समेत दिएकी छन् । कार्यक्रमको संचालन बिद्यालयका संस्थापक मान बहादुर साउँदले गरेका थिए ।
जन्मदिनको अवसर पारी फलफुलका बिरुवा रोपियो :
कैलालीकाे गाेदावरी नगरपालिकाका उप-प्रमुख कडायतले जन्मदिनको अबसर पारेर सुदूरपश्चिम समाबेशी बिद्यालय परिसरमा फलफुलका बिरुवा समेत रोपेकी छन् ।

बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले भबिष्यमा ताजा र स्वच्छ फलफुल खान सक्ने गरी उनले बिद्यालय परिसरमा आँप र लिचिका बिरुवाहरु रोपेकी हुन् ।

उनले यस्ता खाले बोट बिरुवाहरुले बिद्यालय परिसरमा हरियाली बनाउनका साथै प्रदुषणमुक्त गरी स्वाच्छ हावा प्राप्त हुने बताइन् ।



