गोदावरीमा एक घरमा आगलागी

अत्तरिया- कैलालीमा एक जनाको घरमा आगलागी भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–११ रामपुरका लक्ष्मण ऐडीको घरमा आगलागी भएको हो। ऐडीको दुई तले कच्ची भान्साकोठामा बालेको आगो सल्किन गई घरमा आगलागी भएको हो ।

Dadeldhura hospital

आगलागीबाट घरभित्र रहेको अन्नपात, काठ तथा भुसा जलेर अन्दाजी ८० हजार ७५० रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Loading...