कञ्चनपुरमा सनवोरा नदीको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

कञ्चनपुर- तीन दिन देखिको अविरल वर्षापछि कञ्चनपुरको सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ ।

वडा नम्बर–३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो । तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताए । 

Navadurga sun

‘पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ’, उनले भने, ‘तत्काल जोगाउन प्रयास थालिनुपर्छ ।’ वडा नम्बर–२ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुङ्गे पुल रहेको उनले उल्लेख गरे।

वडा नम्बर–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...