नेपाल–भारत सीमा क्षेत्रमा रहेको १०५ नम्बर ‘पिलर’ कटानको उच्च जोखिममा

कैलाली- नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो ।

Ganyapdhura gau

सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ । मोहना नदीले पिलर बगाउने स्थिति भयो भने दुई दर्जन परिवार विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने (ठूला ढुङ्गाको तटबन्ध गर्ने) निर्णय गरे पनि काम भने हुन सकेको छैन । बोल्डर हाल्न उपभोक्ता समिति गठन भए पनि निर्माण व्यवसायीले काम गर्न नमानेको समितिका अध्यक्षका धिरेन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष थापाले पिलर जोखिममा रहेको हुँदा कम्तीमा ५/६ ठाउँमा बोल्डर हाल्ने हो भने केही राहत हुने बताए। वडा कार्यालयले तटबन्ध गर्नुको साटो नदी किनारको बाटोमा कालोपत्र सडक निर्माण गरेर बजेट सकाएको स्थानीयले गुनासो गर्दै आएको पनि उनको भनाइ छ ।

‘१०५ नम्बर पिलर जङ्गे पिलर हो नेपाल र भारतका सीमाविद्हरूले यो पिलर सार्ने प्रयास गरेका हुन् हामीहरूले दिएनौँ’, स्थानीय शिक्षक अनिल कोइरालाले भने, ‘पिलर सार्दा नेपालतर्फको भूमि गुम्न सक्ने जोखिम हुन्छ ।’ उनले १०३ नम्बर पिलर नेपाल–भारत सीमा नजिक रहेको मोहना पुल नजिक रहेको बताए ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा त्यस क्षेत्रको बस्ती पनि बसाउने गरी भारतीय पूर्वसैनिकलाई बसालिएको स्थानीयको भनाइ छ । केही परिवार अझै त्यहाँ बसिरहेका छन् ।

Couple
Loading...