कैलालीको गाेदावरी ७ मा व्यवस्थित रुपमा गौशाला निर्माण कार्य अन्तिम चरणमा  

अत्तरिया- कैलालीको गाेदावरी नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागी काम अगाडि बढाएको छ । तराईका जिल्लामा चुनौती बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनको कार्य  नगरपालिकाले अगाडी बढाएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा न ७ को गोलादेवि सामुदायिक वनको बिचमा रहेको मन्दिर परिसरमा व्यवस्थित रुपमा गौशाला निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गोदावरी नगरपालिका भित्र छाडा पशु चौपायाहरूलाई व्यवस्थापनका लागि गोदावरी नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा पशु चौपायाहरूलाई गास बास सँगै स्याहार सुहारको लागि गौशाला निर्माण गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी दिएका हुन् । 

छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन ।

सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माणको काम अघि बढाएको छ ।  यो गौशाला निर्माणको पहिलो चरणमा रहेको र यस क्षेत्रमा आउने गाईबस्तुहरुलाई क्रमिक रुपमा व्यवस्थापन गर्दै जाने दिर्घकालिन योजना रहेको नगर प्रमुख भट्टले बताएका छन ।

किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलमुत्रको अभाव पूर्ति गर्न समेत योगदान गर्ने मेयर भट्टले बताए । यस ठाउँमा गौशाला निर्माण गर्नु पर्छ भन्दै हामी सँग सहजीकरण गर्ने योगी पिताम्बर ज्यू ले पनि यस ठाउँमा गाईबस्तुलाई व्यवस्थापनमा साथ दिने बताएका छन ।

विगतका वर्षहरूमा हाम्रै पालिकाबाट गौ व्यवस्थापन र हेरालुका लागि बर्सेनी करोडौँ रकम खर्च भएको देखिन्छ नै, यसरी खर्च गर्नु भन्दा पालिका भित्र नै दिगो तरिकाले पशुचौपायाहरुलाई व्यवस्थापन गर्न तिर आफूहरू लागि रहेको नगर प्रमुख भट्टको भनाई रहेको छ ।

Loading...