Division ban Pahalmanpur

कञ्चनपुरमा बाढीबाट २ बालिकाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा परेको लगातारको वर्षा पछि आएको बाढीका कारण दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको पुनर्वासमा बाढीमा डुबेर बेपत्ता भएका ३ जना मध्ये २ जनाको शव फेला परेको छ । एक बालिका भने अझै बेपत्ता छिन् ।

Malpot office jogbudha

सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए ।

लक्ष्मी र सृजना बोगटीको शव भने फेला परेको उनले बताएका हुन् । बेपत्ता आरतीको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्य गर्दै आएका छन् ।

त्यस्तै बाढीमै डुबेर बेलडाँडीका २३ वर्षीय एक युवक बेपत्ता भएका छन् । कृष्णपुरमा भने घाटबाट खसेर ७ महिने शिशुको मृत्युु भएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...