Division ban Pahalmanpur

कैलाली जनपुस्तकालयले गरेको कविता प्रतियोगितामा नन्दिनाज एकेडेमी प्रथम

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलाली जनपुस्तकालय धनगढीको आयोजनामा २११औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय (आधारभूत तह) स्तरिय कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

Malpot office jogbudha

कैलाली र कञ्चनपुर जिल्लाका २३ विद्यालयका २३ जना सहभागी रहेको सो प्रतियोगितामा नन्दिनाज एकेडेमी धनगढीकी रिद्दिसा अधिकारी प्रथम, एक्सिस विद्याश्रम धनगढीका मिसन उपाध्याय द्वितीय र सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका विश्वास बोहरा तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । डिलाइट इङ्गलिस बोर्डिङ्ग स्कुल धनगढी र त्रिभुवन मावि बोराडाँडी, धनगढीका जेनिसा जोशी र विवेचना अवस्थीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कविता प्रतियोगिताका बिजेताहरूलाई २०८१ असार २९ गते भानुजयन्ती विशेष समारोहमा पुरस्कार तथा सम्मानपत्र वितरण गरिने कार्यक्रम संयोजक तथा साहित्यकार हर्क बोहराले बताए ।

धनगढी उपमहानगरपालिका वार्ड नं १ का वडाध्यक्ष सन्तोष मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा थुप्रै साहित्यकार तथा संस्कृतिकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...