कृष्णपुरमा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एमालेले गर्यो सम्मान

प्रकाश नाथ योगी/कञ्चनपुर- कृष्णपुर नगरपालिकाबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शुक्रबार नेकपा एमाले कृष्णपुर नगर कमिटीको आयोजनामा  २०८० साल को एसइई परीक्षामा कृष्णपुरमा रहेका सामुदायिक र संस्थागत २६ विद्यालयका विद्यार्थी  र अभिभावकलाई हरियाली सामुदायिक वनको सभा हलमा औपचारिक कार्यक्रम संचालन गरेर सम्मान गरेको हो । 

कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष कुबेर खडका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एबम सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावल रहेका थिए ।

Navadurga sun

अतिथिमा एमाले केन्द्रिय कमिटी सदस्य नर बहादुर धामी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मोहन रावल, गणेश सिंह ऐरी नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष लक्ष्मी बुढा सुदूरपश्चिम प्रदेश सल्लाहकार परिषद सदस्य कर्ण हमाल कृष्णपुर नगर इन्चार्ज लोकराज पन्त सह इन्चार्ज तेज बिक जिल्ला कमिटी सदस्य अमर जंग शाही नबराज खडका लक्ष्मण बहादुर कार्की ,हेम राज पाण्डे अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर सिंह धामी, सहसचिब दिपक अवस्थी, कन्चन बहुमुखी  क्याम्पसका स्वबियु सभापती देब जंग साउद रहनु भएको थियो कार्यक्रमको स्वागत मन्तव्य नगरकमिटी उपाध्यक्ष सुरेश बिकले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नु भएको थियो ।

कृष्णपुर नगर कमिटी इन्चार्ज जिल्ला कमिटी सचिवालय सदस्य लोक राज पन्तले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले उत्कृष्ट बिद्यार्थीहरू लाई शुभकामना दिँदै दुखसुख मा नेकपा एमाले पार्टीले हरेक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भयो । कार्यक्रमको संचालन कृष्णपुर नगर कमिटी सचिव नरेश कार्कीले गर्नु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...