कैलालीको मालाखेतीमा तरुण दलको वृक्षारोपण कार्यक्रम सम्पन्न

अत्तरिया- युग पुरुष स्व. गिरिजा प्रशाद कोइरालाको १०० औं स्मृति दिवसको अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल तरुण दल गोदावरीको आयोजनामा गोदावरी नगरपालिका वडा न. ३ को नबज्योति मा. बि. बोजिया मालाखेतीको परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हाे । 

बृक्षारोपण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम र तुल्सी देवकोटा सँगै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Navadurga sun

कार्यक्रममा आँप, लिची, अम्बा, बिजय साल, धुपी, जस्ता विभिन्न प्रजातिका फलफूलहरूको बिरुवा रोपिएको जानकारी नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति अध्यक्ष रमेश राज भट्टराईले बताएका छन । साथै उक्त रोपिएको बिरुवालाई हुर्काउन मलजल गर्नका लागि यसै विद्यालयलाई अनुरोध समेत गरेका हुन ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले विकास सँगै वातावरणमा प्रदुषण बढेकोले स्वच्छ वातावरणका लागि सोच्नु पर्ने बताउनु भयो । नगरमा दैनिक फोहोर व्यवस्थापन गर्दै आएको र क्रमिक रुपमा योजनाका साथ सरसफाई कार्यक्रम सञ्चालन भै रहेको बताएका छन ।

नेपाल तरुण दल गोदावरी नगर कार्य समिति अध्यक्ष रमेश राज भट्टराई कार्यक्रममा बोल्दै भन्छन्, ‘कसलाई आफ्नो घर, विद्यालय, संघ संस्थाको परिसरमा हरियाली नहोस् भन्ने लाग्छ र? हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौं । आगामी दिनमा पनि यस्तै खालका कार्यक्रमहरु गर्दै जाने बताएका हुन”

वृक्षारोपण मानव जीवनको परिपुरक भएका कारणले मानिस बाँचुन्जेल सम्मका लागि बोट बिरुवा नै चाहिने र मर्दा पनि बोटबिरुवाले नै दाहसंस्कार गर्नु पर्ने अवस्थामा हामीले रोपेको बिरुवाबाट सबैले लाभ लिन सकुन, बोट बिरुवाले भु संरक्षण सँगै शुद्ध हावाको समेत फाइदा हुने हुँदा हामीले गरेको कार्यलाई सबैले आफ्नो परिसरमा बोट बिरुवा रोपुन भन्ने उद्देश्यका साथ आफूहरूले वृक्षारोपण गरेको बताएका छन ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...