कैलालीमा बेवारिसे शव फेला

धनगढी- बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ । कैलाली जिल्ला जानकी गाउँपालिका–७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिए ।

चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाइँ गरेको खेमराज ढुङ्गानाको खेतमा मृत अवस्थामा फेला परेको हो ।

टीकापुरबाट खटेको प्रहरी टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि टीकापुर अस्पतालको शवगृहमा राखिएको बोहराले जानकारी दिए ।

Loading...