सुदूरपश्चिम प्रहरीमा २ एसएसपी, श्यामकृष्ण हाजिर

धनगढी- सुदूरपश्चिममा नयाँ एसएसपी आइपुगेका छन् । आज (शुक्रवार) एसएसपी श्यामकृष्ण अधिकारी सुदूरपश्चिम आइपुगेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढीमा दरबन्दी रहेका उनी आज कार्यालयमा हाजिर भएका हुन् । उनको केही समय अगाडि मात्रै एसपीबाट बढुवा भएर एसएसपीमा पदस्थापन भएको थियो ।

प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, कैलालीमा कार्यरत एसएसपी प्रज्वल महर्जनको सरुवा भएपछि उनको स्थानमा अधिकारी आएका हुन् । महर्जनको केही समय अगाडि नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रपलान्चोकमा सरुवा भएको थियो ।

उसो त सबै प्रदेशमा २/२ जना एसएसपीको दरबन्दी रहेको छ । तर अन्य प्रदेशमा एउटै एसएसपीले कामकाज सम्हालिरहेको पाइन्छ । तर यस अगाडि समेत २ एसएसपी पठाइएको सुदूरपश्चिममा अहिले पनि २ एसएसपी रहेका छन् ।

एसएसपी दिल्लीराज बिष्ट कार्यरत रहँदै नयाँ एसएसपी अधिकारी आएपछि २ जना एसएसपी बनेका हुन् । तर उनीहरूको शाखा भने फरक फरक हुने गर्दछ ।

Loading...