कञ्चनपुरबाट भन्सार छलिको सामान बरामद

धनगढी- कञ्चनपुरबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ ।

बुधबार प्रहरीले भिमदत्त नगरपालिका– ९ मटेना र बेलौरी नगरपालिका– १ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरेको हो ।

उक्त सामान अन्दाजी ५२ हजार ५ सय बराबरको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा चिनी, पेय पदार्थ, बिडी, सुर्ती, खानेतेल, प्लाष्टिक झिल्ली लगायतका सामानहरू रहेका छन ।

Loading...