कैलाली र कञ्चनपुरबाट तस्करीको सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न ठाउँबाट एकै दिन लाखौँ मूल्यको तस्करीको सामान बरामद गरिएको छ ।

Ganyapdhura gau

कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–१८, भजनी नगरपालिका–६ माहादेउली, भजनी–९ आमरी बाट तस्करीको सामान बरामद गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै लम्कीचुहा नगरपालिका–२ मोतिपुर, घोडाघोडी नगरपालिका–११ आम्बासाकैलारी गाउँपालिका–५ गोबरेलाबाट भन्सार छलिका अन्दाजी ४  लाख ६५ हजार १७० मूल्य बराबरका बिडी, सुर्ती, कुरकुरे, सलाई, झोला, कुर्ता सुरवाल, माछा, भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थानसहित सामान बरामद गरिएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासाल, गज्जर, भीमदत्त–१७ बासखेडा र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अन्दाजी ४ लाख ४ हजार ८६५ मूल्य बराबरको भन्सार  छलिको सामान बरामद गरिएको छ ।

बरामद गरेको चिनी, खानेतेल, मिठाई, जुत्ता, चप्पल, सुर्ती, टि–सर्ट, गन्जी, अण्डरवेयर, सुटपिस, थान कपडा, तिरपाल, भिजिट कार्ड, छल्ला, स्टिकर, प्लाष्टिक झिल्ली लगायतका सामान रहेका  छन । बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Loading...