

धनगढी- कैलालीबाट साढे पाँच लाख बढीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको विभिन्न स्थानबाट ५ लाख ५० हजार २८३ मूल्य बराबरको सामान बरामद गरिएको छ ।



चौराहा, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, सहिद गेट, गोदावरी न.पा. २ रिङ रोड र टिकापुर न.पा. ९ बालुटार स्थित भित्री सडक खण्डबाट भन्सार छली गरी ल्याएको कपडाहरु, खाद्य पदार्थहरु, चप्पल, प्रेसर कुकर, रबर, प्लास्टिक र किराना पसल समानहरू बरामद गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतबाट खटिएको प्रहरी टोलीले सामान नियन्त्रणमा लिएको हो ।
उक्त भन्सार छलिको सामान आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।





