समग्र गोदावरीको विकासका लागि बिरोध नगरी हातेमालो गर्न अवश्य : नगर प्रमुख भट्ट

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले नगरको विकासका लागि सबैले विरोध नभएर हातेमालो गर्न आवश्यक रहेको बताएका छन । आइतबार नगरपालिकाको नगरसभा उनले भने ‘आत्मनिर्भर, सुन्दर र समृद्ध गोदावरी’ को परिकल्पनालाई साकार पार्न सबैको साथ र सहकार्य आवश्यक भएको बताए ।

‘यस क्षेत्रलाई सुन्दर र आत्मनिर्भर बनाउने अवस्थामा धेरै विकास निर्माणका काम भएका छन्’ उनले भने ‘निर्वाचित जनप्रतिनिधिको मात्रै नभई यहाँ बसोबास गर्ने सबैको जिम्मेवारी भएकाले नगरको विकास निर्माणका लागि सबैले हातेमालो गर्न जरुरी रहेको छ ।’

Navadurga sun

नगर प्रमुख भट्टले भने, ‘यस क्षेत्रको समग्र विकासको निम्ति यस क्षेत्रलाई सुन्दर, विकसित बनाई सबैकुरा जनप्रतिनिधिबाट मात्रै सम्भव हुँदैन विकासको कार्यमा विरोध गर्नु भन्दा जिम्मेवारी पूर्वक समन्वय साथ नगरको विकासको कार्यमा अघि बढ्न आवश्यक छ ।’ 

हिजोको भन्दा नगरको विकासमा साँच्चैकै परिवर्तन गरेर देखाउने सोचको साथ अगाडि बढेको उनले बताए । विकासका लागि समग्र जनप्रतिनिधिहरू हातेमालो गरेर विकासको कार्यमा अघि बढ्नु नै नगरको हित हुने उनले बताए ।

उनले आर्थिक परिस्थिति प्रतिकुल हुँदा पनि सबै क्षेत्रलाई समेटेर अगाडि बढेको दावी रहेको छ । उनले शिक्षा, स्वास्थ्य र कृषिलाई सबै भन्दा पहिलो प्राथमिकतामा राखेर नगरले काम गरिरहेको बताए । उनले विकासका केही काम गर्न खोज्दा पनि विरोध गर्ने परिपाटी समाजमा मौलाएको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...