Division ban Pahalmanpur

यातायात मजदुर संगठनको बसपार्क आधारित त्रिदिवसीय कार्यक्रम सम्पन्न

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको छ । असार ७ गते देखी आयोजित बसपार्क आधारित त्रिदिवसीय ९ गते सम्पन्न भएका हो ।

कार्यक्रमको सुभारम्भमा पहिलो दिन धनगढी बसपार्कमै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेशले स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको थियो । धनगढी स्थित नवजीवन अस्पतालको सहकार्यमा मजदुरहरूको निशुल्क स्वास्थ्य परिक्षण गरेको संगठनले त्रिदिवसीय कार्यक्रम अनुसार ८ गते शनिबार धनगढी नेत्रालयको सहकार्यमा बसपार्कमै निशुल्क आँखा शिविर राखेको थियो ।

त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन आइतबार धनगढी बसपार्कमै दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सडक दुर्घटना न्यूनिकरण तथा सचेतना कार्यक्रम सँगै रक्तदान कार्यक्रमको प्रमुख अतिथि एमाले संसदीय दलका नेता राजेन्द्र रावल थिए ।

Malpot office jogbudha

कार्यक्रमलाई सम्बोधन गर्दै रावलले श्रमिकले नै यो देश निर्माण शुरु गरेको बताए । श्रमजिबि बर्गकै कारण देशको अस्तित्व रहेको बताउँदै रावलले सुकिला कपडा लाउनेका कारण मजदुर बर्ग पछाडि परेको बताए । सवारी चालकहरूको सुरक्षाको सट्टा सानो सवारी साधनको गल्ती समेत ठूला सवारी चालकका ठाउँकोमा थुपार्ने कानुन परिमार्जन आवश्यक रहेको उनले बताए । यसका साथै नेपालको सडक संरचनाको समेत सुधार आवश्यक रहेको रावलले बताए ।

२०३६ साल असार ९ गते मजदुर नेताहरूले स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलाई अहिले देशकै ठुलो मजदुर सगंठनका रुपमा हेरिने गरिएको छ । मजदुरका समस्या नै समस्याका बावजुत पनि ४५ औँ स्थापना दिवस सम्म पुगेको नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए ।

मजदुरका समस्या सम्बोधन सँगै सामाजिक कार्य अनुरूप रक्तदान तथा केही सहयोग समेत संगठनले गरेको उनले बताए । उनले नीतिगत समस्याका कारण सवारी धनी र चालकले समस्या भोग्नु परिरहेको स्मरण गराउँदै नीति परिमार्जन आवश्यक रहेको बताए ।

कार्यक्रममा जिफन्ट सहकारी विभागका केन्द्रिय संयोजक देव बहादुर बम, जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादुर मल्ल, सुदूरपश्चिम यातायात प्रा.ली.का अध्यक्ष पदम सापकोटा लगायतको सहभागिता थियो । आइतबार नै सोही दिन साँझ धनगढी बसपार्क सरसफाइ, टयाकंर पार्किङ क्षेत्र मिलनचोकको सरसफाइ सँगै तथा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...