कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी
कञ्चनपुर- कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ ।
जिल्लाको भीमदत्त पानगरपालिका–१९ तिल्केनीका पुष्पा लोहारको कुखुरा फर्ममा आगलागी भएको छ ।बिजुलीको तार सर्ट भइ आगलागी भएको हो ।
कुखुरा फर्ममा आगलागी हुँदा खोर भित्र रहेका १ हजार बोइलर कुखुराका चल्ला र कुखुराको फम गरी करिब ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।