कैलालीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएकाको मृत्यु

धनगढी- कैलालीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चालकको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सुर्खेतको पञ्चमुरी नगरपालिका–२ का २१ वर्षीय शेरबहादुर नेपाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सो कार्यालयका अनुसार नेपालीले चलाएको भे १ त ८७३५ नम्बरको ट्याक्टर गए राति लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारमा अनियन्त्रित भएर नालामा खसेको थियो।

Navadurga sun

दुर्घटनापछि उद्धार गरेर राति नै उपचारका लागि अस्पताल पुर्‍याइएकोमा चालक नेपालीको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते २० वर्षीय दिल बहादुर नेपालीको भने लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...