अत्तरिया- कैलालीको अत्तरियाबाट एकानब्बे हजारका भन्सार छली ल्याई बेबारिशे अवस्थामा रहेका अवैध सामान बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शनिबार राति गोदावरी नगरपालिका-२ अत्तरियामा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ९१ हजार १ सय मूल्य बराबरका कुर्तासुरुवाल, सुट र थानको कपडा समेतका लुगा बरामद गरेको हो ।
उक्त भन्सार छलीका सामानहरू आइतबार आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।