धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि शिखर इन्स्योरेन्सबाट १३ लाख १५ हजार सहयोग

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

उपमहानगरले स्थापना गरेको नगर प्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो । नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगर प्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो ।

Loading...