


धनगढी- कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयहरूमा ३ दिन बिदा दिइएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गर्मी बिदा दिइएको जनाएको हो ।



बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले ५ गते देखि ७ गते सम्म वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख छ ।








