


कञ्चनपुर- कञ्चनपुरमा झण्डै दुई लाख मूल्यको अवैध सामान बरामद गरिएको छ ।


इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब ९० हजार चार सय, प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले ३० हजार, प्रहरी चौकी भुडाले करिब ५ हजार २८० र प्रहरी चौकी टेडुवाले ४५ हजार ६७० गरेर करिब १ लाख ७१ हजार ३५० मूल्यको पेय पदार्थ, केराउ, पास्ता, चक्लेट, सुर्ति, जुस, मसला, एक थान साइकल, कपडा, कुलर लगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद गरिएको सामान भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





