धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने

धनगढी- धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिमको सह आयोजनामा प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुन लागेको हो । यही असार १० गते धनगढीमा प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुन लागेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डा.टि एन जोशीले बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यहाँको कला, भाषा, साहित्य, पुरातात्विक सम्पदा लगायतको संरक्षण गरिरहेको छ उप-कुलपति जोशीले भने “सोही कार्यक्रम अनुरूप राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिम सँग सहकार्य गरेर हामीले प्रदेश स्तरीय लोक भजन प्रतियोगिता गर्न लागेका छौँ, मौलिक भजनहरू लोप हुँदै गइरहेका बेला मौलिक भजन प्रतियोगिताले संस्कृति संरक्षण सँगै लोक भजनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौँ ।”

Navadurga sun

यही असार १० गते धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी मन्दिरमा भजन प्रतियोगिता हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिमकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक हेमत्ना भट्टराईले बताइन् । १० गते बिहान ११ बजे कार्यक्रमको उद्घाटन हुने छ उनले भनिन् “१० देखी १५ टिम लोक भजन प्रतियोगितामा सहभागी हुने अपेक्षा लिएका छौँ, पहाडी जिल्ला लगायत कैलाली र कञ्चनपुरबाट बढी टिम सहभागी हुने हामीले अपेक्षा लिएका छौँ, यो प्रतियोगिताले हाम्रा मौलिक भजन संरक्षणमा महत्वपूर्ण योगदान दिने छ ।” प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, दोश्रो हुनेले १५ हजार र तेश्रो हुने टिमले १० हजार पुरस्कार प्राप्त गर्ने भट्टराईले बताइन् । प्रतियोगिता अवलोकनमा समेत सहभागिताका लागी उनले सबैमा अनुरोध गरेकी छिन् ।

प्रतियोगितामा सामाजिक सञ्जाल, युटुबहरुमा आइरहेका भजन भन्दापनि हाम्रा मौलिक भजनलाई मात्रै समावेश गरिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिमका उपाध्यक्ष भिम बिष्टले बताए । भजन प्रतियोगीहरूले आ-आफ्नै भाषामा प्रस्तुत हुन पाइने उनको भनाई छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...