शुक्लाफाँटा नगर क्षेत्रका विद्यालयमा ४ दिन बिदा

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विद्यालयहरूमा ४ दिन बिदा दिइएको छ । नगरपालिकाले यही असार ४ गते देखि ७ गते सम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो ।

गर्मी बढिरहेकाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको भन्दै नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको हो । साथै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Loading...