बेहडाबाबा मन्दिर धनगढीमा अवलोकनकर्ताको घुँइचो

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला सुरु भएको छ । धार्मिक रुपमा आस्थाको केन्द्रको रुपमा परिचित बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो । स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उप–महानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो ।

Ganyapdhura gau

बेहडाबाबा धार्मिक क्षेत्रको प्रचारप्रशार गर्न प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमी देखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ । गंगादशहरा मेलामा भारतीय पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । मेला आयोजनाले बेहडाबाबामा आन्तरिक र बाह्य पर्यटकको मूल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ । बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा बिदा समेत दिएको छ ।

Loading...