मजगाँउ थारू सामुदायिक होमस्टेका सदस्यहरूलाई पर्यटन विकास सम्बन्धी आधारभूत तालिम दिइने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाँउमा रहेको मजगाँउ थारू सामुदायिक होमस्टेका सदस्यहरूलाई पर्यटन विकास सम्बन्धी आधारभूत तालिम दिन थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत तारा गाँउ विकास समितिले होमस्टेका सदस्यहरूलाई मजगाँउ मै चार दिने तालिम दिन थालेको हो ।

उक्त तालिमको आइतबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले उद्घाटन गरेका हुन् । मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिका प्रतिनिधीहरु, होमस्टेका सञ्चालकहरू सहित ३० जना सहभागि रहेको तालिममा मुख्य प्रशिक्षकको रुपमा तारा गाँउ विकास समितिका संयोजक दिनेश भण्डारी रहेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव भट्टराईले उद्घाटन कार्यक्रममा बोल्दै थारू होमस्टे सञ्चालन गर्नुको उद्देश्य थारू कला सँस्कृति, भाषा, भेषभुषा खानपान संरक्षण तथा सम्वर्द्धन गर्नु पनि भएकोले सोही अवधारणा बमोजिम अघि बढ्न आग्रह गरे । होमस्टेले स्थानीय स्तरमा रोजगारी सिर्जना गरि गरिबी न्यूनिकरणमा पनि टेवा पुर्याउने भन्दै मजगाउँ थारु होमस्टेको कुनै छुट्टै विशेषता बनाउन उनले आग्रह गरे ।

भट्टराईले मन्त्रालयका तर्फबाट होमस्टे सञ्चालकरूलाई क्षमता अभिवृद्धका लागि तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरू गरिने पनि बताएका छन् । होमस्टे सञ्चालन गर्न स्थानीय उत्पादन पनि आवश्यक भएकोले स्थानीय उत्पादन वृद्धिमा पनि ध्यान दिन उनले होमस्टे सञ्चालकरूलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरीले पूर्ण समय दिएर तालिम लिन सहभागीहरूलाई आग्रह गर्दै सिकेको कुरा व्यवहारमा लागू गर्न आग्रह गरे । उनले होमस्टे प्रर्वद्धनका लागि वडा बाट गर्न सकिने सहयोगका लागि आफू सँधै तयार रहेको बताए । होमस्टेले पर्यटन विकासमा ठूलो सहयोग पुर्याउने चौधरीले बताए । गत असारमा उद्घाटन गरिएको मजगाँउ थारू होमस्टेमा हाल ५ ओटा होमस्टे सञ्चालनमा छन् ।

मजगाउँ थारू होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चौधरीको सभापतित्वमा सम्पन्न भएको तालिमको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालय कैलालीका अधिकृत रामचन्द्र कडेल, वन विज्ञ विनोद भट्ट, होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष लक्ष्मी नारायण चौधरी, होमस्टे महासंघका सुदूरपश्चिम अध्यक्ष दिनेश चौधरी लगायत तालिमका सहभागि र विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिका उपाध्यक्ष पेजराम चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विर बहादुर चौधरीले गरेका थिए ।

Loading...