कैलालीमा लागूऔषध सहित एक युवक पक्राउ 

Dadeldhura hospital

धनगढी- कैलालीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका– ८ का २२ वर्षीय गणेश महरा रहेका छन । 

महरालाइ शनिबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा २ ग्राम ८ सय मिलिग्राम लागूऔषध सहित नियन्त्रणमा लिएको, जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...