कञ्चनपुरमा ८ लाख मूल्यको अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा ८ लाख मूल्यको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

Dadeldhura hospital

इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३९ हजार ५५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४ सय ४० र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार २ गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अवैध सामान नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...