बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेलाको तयारी तीव्र

कैलाली- धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

Ganyapdhura gau

असार १ देखि ५ गतेसम्म लाग्ने धार्मिक मेलाको तयारीका लागि मन्दिर व्यवस्थापन समिति, उपमहानगरपालिका र विभिन्न क्लबहरु जुटेका छन् । गङ्गादशहरा पर्वमा लाग्ने मेलाको तयारीका लागि उपमहनगरपालिकाद्वारा बाटो फराकिलो बनाउने, ग्राभेल हाल्ने, शिवगङ्गा नदीबाट मन्दिर परिसरसम्म बत्ती लगाउने, ठाउँठाउँमा अस्थायी शौचालय बनाउने, सरसफाइ गर्नेलगायतका विभिन्न कार्य धमाधम भइरहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।
त्यस्तै यहाँ दर्शन गर्न आउने भक्तजनका लागि महाभण्डारा चलाइनेछ । उनीहरुलाई निःशुल्क खाना र पानीको व्यवस्थापनका लागि तयारी थालिएको उनले बताए । असार १ गते राति १२ बजे देखि आरम्भ गरिने पूजापाठ तथा दर्शनका लागि आउने भक्तजनका लागि मन्दिरका चारै ढोका खुला गरिने छन् । धार्मिक मेलामा व्यापार व्यवसायका लागि चार सयको हाराहारीमा व्यापारिक कक्ष निर्माण गरिएका छन् स्थानीयदेखि भारतका विभिन्न स्थानबाट व्यापारीले यहाँ आई व्यापारिक कक्ष बुकिङ गरिसकेका छन् । विभिन्न धार्मिक कार्यका लागि एक सयभन्दा बढी ब्राह्मण यहाँ बसिसकेका छन् ।
विभिन्न धार्मिक कार्यका लागि एक सयभन्दा बढी ब्राह्मण यहाँ बसिसकेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण व्यवस्था गरिएको छ । आवतजावतको सहजताका लागि कडा सुरक्षा व्यवस्था मिलाइने आयोजकले जनाएको छ । धार्मिक मेलामा १० देखि १५ लाखको हाराहारीमा दर्शनार्थी तथा भक्तजन आउने आयोजकले अनुमान गरेको छ । धार्मिक महत्त्वका रुपमा लिइएको बेहडाबाबा मन्दिरमा गङ्गाशहरा मेलाको दर्शनका लागि छिमेकी मुलक भारतबाट समेत दर्शनार्थी आउने क्रम सुरु भएको व्यवस्थापन समितीका अध्यक्ष जोशीले बताए ।

उनीहरुमा यहाँ आएर मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास रहेको छ । बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने आस्थाले पनि यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेको उनले बताए। परापूर्वकालदेखि गङ्गादशहरा, महाशिवरात्रिलगायतका पर्वमा उनीहरू प्रत्येक वर्ष विभिन्न आस्था लिएर बेहडाबाबा मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । प्रसिद्ध धार्मिकस्थलका रूपमा मानिँदै आएको कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न गत महाशिवरात्रि मेलामा हेलिकप्टरद्वारा पुष्प वर्षासँगै सवा दई करोड बत्ती प्रज्ज्वलनसमेत गरिएको थियो ।

यस्तै बेहडाबाबामा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने मेलामा मेला अवधिभर मदिराजन्य, प्लाष्टिकजन्य तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको छ । गङ्गादशहरा पर्वको अवसरमा मन्दिर क्षेत्रमा असार १ देखि ५ गतेसम्म मेला लाग्ने भएकाले मेला अवधिभर चार किल्लाभित्रको क्षेत्रमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । मेला क्षेत्रमा प्लाष्टिकजन्य झोला, फूलमाला, ध्वजापताका र सुर्तिजन्य पदार्थ आदि प्रयोग एवं बिक्री वितरण गर्नसमेत निषेध गरिएको उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । सूचनाको कोही कसैले बर्खिलाप गरेमा कानुनबमोजिम कारबाही गरिने पनि उपमहानगरपालिकाले जनाएको छ ।

Loading...