Division ban Pahalmanpur

कैलाली कञ्चनपुरबाट ७७ हजार बढीको अवैध समान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट अवैध समान बरामद गरिएको छ । कैलालीको लम्कीचुहा र कञ्चनपुरको बेलौरी क्षेत्रबाट अवैध समान बरामद गरिएको हो । कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरको भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार २ सय ९० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

Malpot office jogbudha

उक्त मूल्य बराबरको बिडी, सुर्ती, आन्टी, पास्ता लगायतका सामान इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १९ हजार ६ सय १५ मूल्य बराबरको सामान बरामद गरिएको हो । उक्त स्थानबाट चिनी, बिडी, पेय पदार्थ, खानेतेल, बिस्कुट, नमकिन, चक्लेट, मेहेन्दी, कुरकुरे लगायतका सामान प्रहरी चौकी पचुँईबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...