जातीय छुवाछुत विरुद्धको अभियानमा सबै लाग्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन् । कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरिएको जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया कार्यक्रमका प्रदेश प्रमुख मियाँले छुवाछुत अन्त्य नभई समाजको विकास सम्भव नहुने भन्दै राज्य नै छुवाछुत अन्यको लागि लागिपरेको बताएका थिए । 

उनले संसारभरि नै छुवाछुत अन्त्यको अभियान सुरु भइरहेको भन्दै नेपाली समाजमा पनि त्यो अभियानलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरेका थिए । छुवाछुत विरुद्ध बलियो कानुन समेत रहेको भन्दै प्रदेश प्रमुख मियाँले जातीय छुवाछुतलाई प्रशय दिए वा छुवाछुत गरे उक्त कानुनको दायरमा सबै आउनु पर्ने बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले छुवाछुतको अन्त्य अझै हुन नसकेको बताएका थिए । तीनै तहको सरकारले कार्यविधि जारी गरेको तर, पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम राखेको बताए। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउदले छुवाछुत सम्बन्धी कानुनी व्यवस्था बारे सहभागीहरूलाई जानकारी गराएका थिए । उनले समुदाय स्तरमा छुवाछुत अन्त्य गर्न सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले प्रदेश प्रमुख मियाँ, नगर प्रमुख रावत र प्रहरी निरीक्षक साउदलाई छुवाछुत अन्त्य सम्बन्धी व्यवस्था र अवस्था बारे जिज्ञासा राखेका थिए । सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिम संयोजक पुष्कर राज अवस्थीले छुवाछुत अन्त्यका लागि युवा वर्ग बढि सचेत रहनु पर्ने बताएका थिए । उनले सुदूरपश्चिम प्रदेशका बिभिन्न १० जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने बताए ।

पहिलो चरणमा कैलालीको घोडाघोडीमा छुवाछुत विरुद्धको सचेतना मूलक कार्यक्रम आयोजना गरिएको हो । अन्य जिल्लामा लागू औषध, आत्महत्या, छुवाछुत र छाउपडी प्रथा लगायतका विषयमा अन्तरक्रिया गरिने अवस्थीले बताए ।

Loading...