Satyawati
Division ban Pahalmanpur

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको रकम हस्तान्तरण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- एन आई सी एशिया बैंकले दुर्घटना बिमा वाफतको रकम भुक्तानी गरेको छ । बैकंको सर्वश्रेष्ठ पेरोल बचत खाता योजना अन्तर्गत कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ घर भएका रतिराम चौधरीको परिवारलाई १० लाख रकम भुक्तानी गरेको हो । दुर्घटनामा परी मृत्यु भएका रतिरामको परिवारलाई बैकंले सो रकम हस्तान्तरण गरेको हो ।

जोशीपुर शाखा कार्यालयमा नेपाल विद्युत प्राधिकरण अन्तर्गत सर्वश्रेष्ठ पेरोल बचत खाता खोलेका चौधरीको दुर्घटना पश्चात बिमा वाफतको रकम उनकी श्रीमती फुलकुमारी चौधरीलाई सो रकम हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बिच एन आई सी एशिया बैक सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख जिवन शाहीले दुर्घटना बिमा वाफत १० लाख रुपैयाँको चेक फुलकुमारीलाई हस्तान्तरण गरेका हुन् ।

Malpot office dadeldhura

आईजी आई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उक्त बीमा वापतको रकम उपलब्ध गराइएको बैंकले जनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले मुलुक भर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना काल देखि हाल सम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बैकंले जनाएको छ । 

बैकंले गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइसकेको छ । वित्तीय समावेशीकरण लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...