कञ्चनपुरका विभिन्न स्थानबाट सामान बरामद

कञ्चनपुर- कञ्चनपुरका विभिन्न स्थानबाट सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–९ मटेना, भीमदत्त नगरपालिका–१० सुकासाल, भीमदत्त नगरपालिका–११ बिद्युत कार्यालय नजिक, भीमदत्त नगरपालिका–१६ मझगाँउ, बेलौरी नगरपालिका–१० भुडा जरसी खल्ला नजिक, पुनर्वास नगरपालिका–११ डोकेबजार र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ३९ हजार ९७० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट चिनी, पेय पदार्थ, खानेतेल, बिडी, अचार, मसला, बिस्कुट, नमकिन, जुत्ता, थान कपडा, कुर्ती, बच्चाको टिसट कट्टु अन्डर वेयर, लेडिज सुट, फराक, द्यबिअप नामक चुरोट, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...