


बझाङ- बझाङमा कृत्रिम अभ्यास गर्दा गर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–७ घर भएका सशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो ।



बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा गर्दै उनी डुबेका थिए । सोमवार बिहान सेती नदीमा जिल्ला स्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।





