Satyawati
Division ban Pahalmanpur

विपीन जोशीको परिवार संग इजरायली राजदूतको भेट

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- विपीन जोशीको परिवार संग इजरायली राजदूतले भेट गरेका छन् । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् ।

Malpot office dadeldhura

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिक अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताए ।

आठ महिना भन्दा बढी समय बिती सक्दा पनि विपीनको अवस्था बारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको छ । राजदूत गोडर सँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त सहित विश्वविद्यालयका अन्य पदाधिकारीहरू सहभागी थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...