मुख्यमन्त्री भट्टद्वारा त्रिनगर नाकामा बन्दै गरेको होल्डिङ सेन्टरको अनुगमन

अत्तरिया, १६ साउन– कैलालीको त्रिनगर नाकामा बन्दै गरेको होल्डिङ सेन्टरको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अनुगमन गरेका छन् । निर्माणको जिम्मा पाएको नेपाली सेनाको काम राम्रो रहेको भन्दै उनले तोकिएको समयभित्रै सक्न समेत निर्देशन गरे ।

Ganyapdhura gau
Dadhaldhura pur

अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले भवन निर्माणसँगै होल्डिङ सेन्टरलाई आवश्यक पर्ने अन्य सामाग्रीहरु के के चाहिन्छन् योजनासहित प्रदेश सामाजिक मन्त्रालयमा बुझाउन स्थानीय धनगढी उपमहानगरलाई आग्रह गरेका छन् । सोही क्रममा स्थानीय जनप्रतिनिधी तथा समाजका अगुवाहरुले नदी कटानले जोखिम पारेको देखाउदै स्थायी तटबन्धनको माग गरेका थिए । स्थलगत अवलोकनमा रहेका मुख्यमन्त्री भट्टले मोहना नदी कटान जोखीम न्युनीकरणका लागि ७ सय मिटर नदी नियन्त्रण कार्य गर्ने प्रतिवद्धता गरेको ३ नम्वर वडाका वडा अध्यक्ष बलवहादुर ऐरले बताए ।

Navadurga sun

अनुगमनमा मुख्यमन्त्री भट्टसँगै सामाजिक विकासमन्त्रि लाल बहादुर खडका, धनगढी उपमहानगरपालिका प्रमुख नृपवहादुर वड, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुखहरु, धनगढी वार्ड नं ३ का वाडअध्यक्ष बलवहादुर ऐर तथा जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...