Satyawati
Division ban Pahalmanpur

कैलाली र कञ्चनपुरबाट २ लाख बढिको अवैध समान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट २ लाख बढिको अवैध समान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, पुरानो भन्सार रोड मनेहरा पेट्रोल पम्प नजिक र सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख हजार ६ सय मूल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्लाको भीमदत्त नगरपालिका– ११ चौकीसत्ता र पुनर्वास नगरपालिका– ११ डोकेबजार बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख १२ हजार ८ सय ३० मूल्य बराबरको सुर्ती, कुर्ती, सुटपिस, गन्जी, टिसट, अन्डर वेयर, साइकलको ताला, ब्रेक तार, टियुव लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले पारी नियन्त्रणमा लिएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...