Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा प्रहरी हवल्दार निलम्बित

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा एक प्रहरी हवल्दार निलम्बित भएका छन् । हवल्दार रामसिंह धामीलाई व्यावसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गरिएको हो ।

Malpot office dadeldhura

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कारागारका कैदी र प्रहरी हवल्दार तथा कर्मचारी होटेलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेपछि कारबाही गरिएको बताएको छ ।

कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यावसायिक काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरिएको बताए ।

प्रहरीले थप छानविनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक पुष्करराज पन्तको संयोजकत्वमा छानविन समिति गठन गरिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...