कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित एक किशोर पक्राउ परेका छन् । पुनर्वास नगरपालिका–१ ढक्काबाट बेलौरी नगरपालिका–४ मोतिपुरका १६ वर्षीय किशोर बुधवार राति पक्राउ परेका हुन् ।
किशोरलाई १.१८० ग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिए थप अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।