सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकार तयार छ : मन्त्री भण्डारी

धनगढी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताए । एउटा मन्त्रालय वा निकायले काम थाल्ने, अर्कोले रोक्ने प्रवृत्ति रहेसम्म दिगो विकासमा प्रगति हुन नसक्ने उनको भनाइ छ ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

मन्त्री भण्डारीले भने, “सीप मेलालाई नतिजामुखी र दिगो बनाउन नीति आवश्यक छ । यसले व्यावसायिक तालिम, तालिमको तह र योग्यता निर्धारण, रोजगार र स्वरोजगारका क्षेत्रमा बाटो देखाउँछ ।” मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएका व्यावसायिक सीपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आबद्ध गराउने नीति तर्जुमा गर्नुपर्ने उद्देश्यले ‘सीप मेलाको नीति संवाद’ सम्पन्न भएको छ । ‘सीपमूलक, व्यावसायिक र रोजगारमूलक तालिममा, युवाहरूको सहभागिता, आत्मनिर्भर, दक्ष र उद्यमी जनशक्ति उत्पादनमा, महानगरको प्राथमिकता’ भन्ने नारा सहित आयोजना गरिएको ‘नीति संवाद’ कार्यक्रममा क्षेत्रगत अधिकारी र प्रशिक्षार्थीहरूबाट प्राप्त छलफलका आधारमा उक्त निष्कर्ष निकालिएको हो ।

रोजगारी क्षेत्रमा जाने व्यक्तिले तल्लो तहको काम नगरी माथिल्लो तह खोज्ने प्रवृत्तिले अस्थिरता आएको, कामप्रति प्रतिबद्ध नहुँदा विकल्प खोजिने, रोजगारीप्रति प्रतिबद्धता नभएको, धेरै छोटो अवधिका लागि मात्र रोजगारीमा रहन चाहने लगायत समस्याले रोजगारदाताका आवश्यकता पूरा हुन नसक्ने विषय संवादमा छलफल गरिएको थियो ।

सहभागीले काममा प्रवेश पाउनु अघि अनुभव खोज्ने भएपछि अवसर नै नभई अनुभव दिन नसकिने अवस्थाले रोजगारमा जान चुनौती भएको, पुस्तामा हस्तान्तरण भएर आएका सीपहरूको प्रमाणीकरण हुन नसकेकाले स्वरोजगारका अवसरबाट वञ्चित हुनु परेको गुनासो राख्नु भएको थियो । कामपाले गत वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ यही जेठ २० गते सकिएको छ । कामपाको गौरव योजना अन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको हो ।

Loading...