चुरेमा ट्याक्टर दुर्घटना १ को मृत्यु, २ घाईते

अत्तरिया- कैलालीमा ट्याक्टरले ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको छ । जिल्लाको चुरे गाउँपालिका–३ भक्तपुर स्थित बिपिनगर सडक खण्डमा सहजपुरबाट बिपिनगर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मंगलबार दुर्घटना भएको हो ।

ओभर टेक गर्दा दुर्घटना भएर भे २ त १५१६ नम्बरको ट्याक्टर सडकमा पल्टिदा सोही ट्याक्टरको चालक डोटीको जोरायल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही ट्याक्टरमा सवार डोटीको जोरायल गाउँपालिका–४ बस्ने २२ वर्षीय लक्की बादी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का १७ वर्षीय गजेन्द्र दमाई घाईते भएका छन् ।

घाईते दुबै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

Loading...