धनगढी- नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चिम प्रदेशले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलास चौधरीलाई मागपत्र बुझाएको छ ।
यातायात क्षेत्र सुधार सम्बन्धी सगंठनले मागपत्र बुझाएको हो । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को नियमावली २०५४ को नीतिगत कार्यान्वयन नभएको भन्दै यसको कार्यान्वयनका लागी मन्त्री चौधरीको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त, सडकमा राज्यको आतंक, श्रमिकको सुरक्षा कानुन संसाधनका लागी कार्यान्वयनका माग मन्त्रीसमक्ष बुझाइएको छ ।
ट्राफिक जरिवाना नियम संगत हुनुपर्ने, चेकिङका नाममा अनावश्यक दुख दिन बन्द गरिनुपर्ने, पिक एण्ड ड्रप र स्ट्याण्डको व्यवस्थापन, प्रदुषण जाँच, ऐन नियम संसोधन, प्रदेश यातायात प्राधिकरण बनाइनुपर्ने मागपत्र मन्त्री चौधरीलाई बुझाइएको छ । यस्तै सामाजिक सुरक्षा, इ रिक्साको व्यवस्थापन, दीर्घकालीन समस्या समाधान आयोग गठन लगायतका माग नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्दले मन्त्री चौधरीलाई बुझाएका हुन् ।