राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनोट

अत्तरिया- पोखरामा हुने अण्डर १५ बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनोट गरिएको छ । सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट खेलाडी छनोट भएको हुन ।

धनगढीमा शुक्रबार सुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो । यही जेठ ३० देखि ३२ गते सम्म पोखरामा राष्ट्रिय प्रतियोगिता हुँदैछ । प्रतियोगिताका लागि ४ जना छात्र र ४ जना छात्रा छनोट भएका छन् ।

छनौट हुनेमा छात्रतर्फ बैतडीका हार्दिक पन्त, रचित भट्ट र कञ्चनपुरका आयुस कुमार महरा, शुभम जोशी रहेका छन् । त्यस्तैगरी छात्रातर्फ कैलालीका विधि भण्डारी, सुधा भट्ट र कञ्चनपुरका इशिका भट्ट, पलक लुहार रहेका छन् । छनौट भएका खेलाडीलाई मेडलका साथै प्रमाण पत्र पनि दिएको हो ।

सुदूरपश्चिम बुद्धिचाल संघका अध्यक्ष भीमदत्त पाण्डेयको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषद् सदस्य सचिव दिपक बहादुर सिंह प्रमुख अतिथि रहेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, डडेल्धुरा, बझाङ र दार्चुलाका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा २५ जना खेलाडीले भाग लिएका थिए ।

Loading...