Division ban Pahalmanpur

कैलाली र कञ्चनपुरबाट झन्डै ७ लाखका सामान बरामद 

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट झन्डै ७ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४ हजार ४ सय  मूल्यको, प्रहरी चौकी परासनले अन्दाजी ३ लाख २९ हजार मूल्यको र प्रहरी चौकी फटैयाले अन्दाजी ४६ हजार ४१५ मूल्यको सामान बरामद गरेको छ ।

Malpot office dadeldhura

उक्त स्थानबाट बिडी, कचौरा, झिल्ली, सुर्ती, बिभिन्न किसिमका झोला, पर्स, नम्वर प्लेट नभएको मोटरसाइकल १ थान र साइकल २ थान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै कैलालीको विभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ कार्मल स्कुल नजिक, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, र भजनी नगरपालिका–५ मिलनपुर, भजनी नगरपालिका–६ नवलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ३ हजार ८०३ मूल्य बराबरको सामान बरामद गरिएको छ ।

उक्त स्थानबाट प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जानएको छ । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...